तनहुँ । गुरू पुर्णिमाको दिन ब्याँस नगरपालिकाले सार्बजनिक बिदा दिएको छ ।
तनहुँको व्यास नगरपालिकाले व्यास अवतरण (गुरु पूर्णिमा) का अवसरमा सोमबार सार्वजनिक बिदा दिएको हो । महर्षी बेदब्याँसको जन्मस्थान मानिदै आएको उक्त स्थानमा गुरु पुर्णिमाका दिन बिदा दिईएको हो ।
गुरु पूर्णिमाका अवसरमा कार्यालय परिसरमा व्यास अवतरण दिवस मनाउने कार्यक्रम रहेको पनि सो नगरपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीका अनुसार सोमबार नगरपालिका तथा नगरपालिका अन्तर्गतका कार्यालय, सामुदायिक एवं संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र नगरपालिका मातहतका सङ्घ संस्था बन्द रहने भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ असार २०८०, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२०८२ सालमा यी ८८ दिन सार्वजनिक बिदा (सूची)
आज मगर एकता दिवस, नवलपुरका स्थानीय तहमा सार्वजनिक बिदा
जनकपुर बोल्ट्सले एनपीएल उपाधि जितेको उपलक्ष्यमा सखुवा प्रसौनी गाउँपालिकामा सार्वजनिक बिदा
पञ्चेश्वरले दियो दुई दिन सार्वजनिक बिदा
आज कर्णाली प्रदेशमा सार्वजनिक बिदा
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा