काठमाडौँ । एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले मलेसियालाई ८४ रनले पराजित गर्दै शानदार जित दर्ता गराएको छ । नेपालले दिएको १८४ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ३० दशमलव ५ ओभरमा ९९ रनमा अलआउट भएको छ ।
नेपाललाई शानदार जित दिलाउन अशोक धामीले चार तथा कप्तान अभिषेक तिवारीले तीन र सन्तोष यादवले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.४ ओभरमा अलआउट हुँदै १८३ रन बनाएको थियो । नेपालका लागी अशोक धामीले ५२ रनको अर्धशतकिय पारी खेले । त्यस्तै सूंर्यासु कोइराला र नरेन भट्टले २९-२९ रनको योगदान दिएका छन् ।
आजको जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ असार २०८०, १२ : २४
लेखकबाट थप