रिमाल समाज चितवन गठन

सफल खबर संवाददाता

शनिबार, १९ साउन २०७५, १७ : २७
रिमाल समाज चितवन गठन

चितवन । रिमाज समाज चितवनको तदर्थ समिति गठन भएको छ । समाजको शनिबार शिवनगरमा  सम्पन्न भेलाले १३ सदस्यीय समिति गठन गरेको हो । 

समितिमा अध्यक्ष लालुप्रसाद रिमाल, उपाध्यक्ष हरिदत्त रिमाल, सचिव क्षेत्रप्रसाद रिमाल, कोषाध्यक्ष मञ्जु रिमाल रहनु भएको छ । समितिको सदस्यहरुमा विष्णु रिमाल, प्रेम रिमाल, ज्ञानु रिमाल, इन्द्रकुमारी रिमाल, शान्ती रिमाल, इन्दिरा रिमाल, कुलप्रसाद रिमाल,  तारा रिमाल र गजाधर रिमाल रहनु भएको छ । 

बि.सं. २०६५ सालबाट रिमाल सेवा समाज चितवनका नाममा संगठित हुँदै आएका जिल्लाका रिमालहरु रिमाज समाजको केन्द्रीय समितिमा आवद्ध भएका हुन् । रिमाल समाज चितवन जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा समेत दर्ता भई विधिवत रुपमा तदर्थ समिति गठन गरिएको हो ।  

रिमाल सेवा समाज चितवनका अध्यक्ष तारा रिमालको अध्यक्षमा सम्पन्न भेलामा प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव रवि रिमालले समाजले रिमालको वंश खोज अनुसन्धान गरी पुस्तक प्रकाशित गर्ने र रिमालहरुको कूल पूजालाई व्यवस्थित गर्दै जाने बताउनुभयो । उहाँले समाजले गरेका गतिविधि र वंशावली रिमाल समाजको वेभसाईड रिमालसोसाईटी डट कम डट एनपिमा गएर हेर्न सकिने जानकारी दिनुभयो । 

भेलामा पत्रकार तिलकराम रिमाल, नारायणप्रसाद उपाध्याय रिमाल, लालुप्रसाद रिमाल, हरिदत्त रिमाल लगायतले जिल्लामा बसोबास गर्ने रिमालहरुलाई संगठित गर्दै जानु पर्ने बताउनुभयो । 

सो अवसरमा समाजमा आवद्ध जेष्ठ सदस्यद्वय भुवानीशंकर रिमाल र खगेश्वरी रिमाललाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस