इटालियन फुटबलमा ८८ नम्बरको जर्सी लगाउन रोक

सफल खबर संवाददाता

बुधबार, १३ असार २०८०, ११ : १४
इटालियन फुटबलमा ८८ नम्बरको जर्सी लगाउन रोक

काठमाडौँ । इटालियन फुटबलमा खेलाडीलाई ८८ नम्बरको जर्सी लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय टोलीदेखि कुनै पनि तहको फुटबलमा अब खेलाडीले ८८ नम्बरको जर्सी लगाउन नपाउने भएका हुन् ।  ८८ नम्बरको जर्सीले जर्मन नाजीको नारालाई बढावा दिएको भन्दै उक्त जर्सी प्रयोग गर्न रोक लगाइएको समाचारमा जनाइउको छ । इटालीको सरकारका प्रतिनिधि र इटालियन फुटबल संघले मंगलबार यस सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

८८ नम्बरको जर्सी लगाउने समर्थकलाई समेत रंगशाला प्रवेशमा रोक लगाइने भएको छ । यसअघि विभिन्न खेलका क्रममा समर्थकहरु पनि ८८ नम्बरको जर्सी लगाएर रंगशाला प्रवेश गर्ने गरेका थिए । गत मार्चमा लाजियोका एक समर्थक ८८ नम्बरको जर्सी लगाएर रंगशाला पुगेका थिए ।

त्यो खेलमा लाजियोले रोमालाई हराएको थियो । यस्तै कार्यलाजियोका अन्य दुई समर्थकले पनि गरेका थिए । लाजियोका ती तीनजना समर्थकलाई आजीवन स्टाडियो ओलम्पिको रंगशाला प्रवेशमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस