काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ। सर्वोच्चका न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले मेयर शाहसँग लिखित जवाफ माग गर्ने आदेश गरेको हो।
शाहले ‘अदालतको आदेश मान्दिनँ’ भन्ने अभिव्यक्ति दिएपछि अधिवक्ता वर्षाकुमारी झाले ‘अदालतको अवहेलना’ सम्बन्धी रिट निवेदन दर्ता गराएकी थिइन् ।
बलिउड फिल्म ‘आदिपुरुष’ समावेश भएको ‘भारतकी बेटी’ भन्ने शब्दलाई लिएर फिल्मबाट उक्त संवाद नहटाएसम्म नेपालमा उक्त र अन्य कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए । हिन्दी चलचित्र प्रदर्शन गर्न दिनू भनि उच्च अदालतको आदेशपछि त्यसविरुद्ध बालेनले साे अभिव्यक्ति दिएका थिए। उनले अदालतको आदेश नमान्ने र हिन्दी सिनेमा चल्न नदिने भन्दै सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १९ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ
काठमाडौँ विश्वविद्यालयका डाक्टरहरू सर्वोच्चमा
सर्वोच्चको न्यायाधीशमा सिफारिस निरौला र पाण्डेविरुद्ध उजुरी आह्वान
सर्वोच्चले सोध्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण
सर्वोच्चद्वारा एआईजी ज्ञवाली र ३ डीआईजीपीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
समानुपातिक-समावेशी कोटामा ‘एलिट क्याप्चर’ रोक्न सर्वोच्चको निर्देशनात्मक आदेश