नरेशले समीक्षासँगको स्वरमा ‘मरे देउतैको’ नयाँ गीत सार्वजनिक गरे

सफल खबर संवाददाता

मंगलबार, १२ असार २०८०, १२ : ५८
नरेशले समीक्षासँगको स्वरमा ‘मरे देउतैको’ नयाँ गीत सार्वजनिक गरे

काठमाडौँ। गायक नरेश खातीले नयाँ गीत सार्वजनिक गरेका छन् । गायिका समीक्षा अधिकारीसँगको युगल स्वरमा ‘मरे देउतैको’ बोलको प्रेमगीत उनले सार्वजनिक गरेका हुन् । 

मंगलवार बिहान सार्वजनिक यो गीतमा शब्द, संगीत नरेशकै छ । संगीत संयोजन भने बिनोद बाजुरालीले गरेका हुन् । गीतको भिडियोमा नरेश र समीक्षा नै प्रस्तुत छन् । नरेशकै निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायांकन, मनोज कार्कीले सम्पादन गरेका हुन् । 

नरेश र समीक्षाको ‘माया मारेर’बोलको गीत स्रोता दर्शकले निकै रुचाएका छन् । यसअघि एक महिना अघिमात्रै यी दुईको स्वरमा ‘मन परेरै हो’ बोलको गीत सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस