धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व सरकारले ग्रहण गर्छ : मन्त्री लिम्बू

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १५ : ४२
धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व सरकारले ग्रहण गर्छ : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताएका छन। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताए ।

मन्त्री लिम्बूले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताए । उनले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने पनि बताए।

मन्त्री लिम्बूले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताए। त्यस्तै, खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघहरुलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताए ।

मन्त्री लिम्बूले खेलकुद बीमाको निति तयार गर्न प्रक्रिया अगाडी बढेको पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस