साउन ५ गतेदेखि फिल्म ‘ए ढाक्रे दाई’ प्रदर्शन हुने

सफल खबर संवाददाता

आइतबार, १० असार २०८०, १२ : ४२
साउन ५ गतेदेखि फिल्म ‘ए ढाक्रे दाई’ प्रदर्शन हुने

काठमाडौँ । करिब ६० वर्षअघिको ढाक्रे जीवन शैलीलाई पर्दामा उतारिएको फिल्म ‘ए ढाक्रे दाई’ दर्शकमाझ आउने भएको छ । निरञ्जन कसजू (माइला) को निर्देशनमा बनेको चलचित्र अगामी साउन ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको हो ।  कथाकार र निर्मातासमेत रहेका निर्देशक कसजूले आफूले ६ दशकअघिको ऐतिहासिक विषयमा फिल्म निर्माण गरेको बताएका छन् ।

 

‘त्यतिबेला पहाडतिरबाट एक दुई महिनै हिँडेर ढाक्रेहरु बटौली बजार आउथे र जडीबुटी, घिउ, भटमासहरु त्यहाँ बेचेर नून, तेल, लत्ता कपडालगायतका अत्यावश्यक सामाग्रीहरु किनेर लान्थे,’ निर्देशक कसजू भन्छन्, ‘हाम्रा अग्रजहरुले खेपेको सोही दुःख, कष्टको जीवन भोगाइलाई चलचित्रमा प्रस्तुत गरेको छु ।’  फिल्ममा धु्रव कोइराला, मिनुज रानामगर, माया थामी, उषा फौजालगायतले अभिनय छ । 

 

सुमन थापा र बिनोद चौधरीको छायांकन रहेको फिल्ममा सुरेश सेन्चुरीको संगीत, विजय पोखरेल र विनोद चौधरीको स्म्पादन छ । ‘ए ढाक्रे दाई’ को वितरण आरआर फिल्म प्रोडक्शनले गर्दैछ । 

प्रतिक्रिया दिनुहोस