काठमाडौं । सांसद रमेश लेखकले बजेटसम्बन्धी व्यवस्था परिमार्जन हुनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक समेत रहेका लेखकले बजेटमा कुनैपनि संशोधन हुनसक्दैन भन्ने अवधारणालाई अब परिवर्तन गरेर अगाडि जानुपर्ने बताए।
उनले भने,'बजेटमा सदनमा कुनैपनि संशोधन हुनसक्दैन भन्ने अवधारणालाई अब परिवर्तन गरेर बजेटमाथि छलफल गरेर यसलाई परिमार्जन गरेर अगाडि जानुपर्छ भन्ने कुरा निवेदन गर्न चाहन्छ।'
सांसद लेखकले अब अर्को बजेट आउनुअघि नै बजेटसम्बन्धी व्यवस्थालाई परिमार्जन गरिसक्नुपर्ने बताए। उनले बजेट व्यवस्था परिवर्तनका लागि यसका आधार,सीमा र कार्यविधिबारे गहिरो अध्ययन आवश्यक रहेको बताए। अरू देशका बजेट व्यवस्थाबारे पनि अध्ययन आवश्यक रहेको उनको भनाइ छ।
राजश्वको स्थिति र आवश्यकताको बीच तादम्मेता नहुँदा असन्तुष्टि देखिएको उनको भनाइ छ। उनले उपराष्ट्रपति कार्यालयलाई छुट्याइएको बजेट ठिक ढंगले आएको प्रतिक्रिया दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असार २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेलुन विस्फोट घटना: प्रजिअ पाण्डेको संयोजकत्वमा छानबिन समिति गठन
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार : गृहमन्त्री लेखक
कानून र नीतिगत सुधारलाई प्राथमिकता दिएर काम गरेका छौं : गृहमन्त्री लेखक
गृहमन्त्रीलाई कारवाही माग गर्दै काँग्रेस कार्यालयमा दलित अधिकारकर्मीले गरे प्रदर्शन
सरकार दिगो शान्ति, सुशासन र आर्थिक समृद्धिको यात्रामा प्रतिबद्ध छः गृहमन्त्री लेखक
पत्रकारिता लोकतन्त्रको संरक्षक : गृहमन्त्री लेखक