दार्चुला। दार्चुलामा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ । लेकम गाउँपालिका–३ मकन्नामा सर्पको टोकाइबाट स्थानीय प्रेमवल्लव जोशीकी १८ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहान सर्पले टोकेपछि परीवारले बैध्य बोलाएर झारफुक गरेको र दिउँसो १ बजेतिर किशोरीको मृत्यु भएको बताइएको छ । उनलाई घरको कोठाभित्र सर्पले टोकेको थियो । उनी हेमन्ती कृष्ण मावि लालीमा कक्षा १२ मा अध्यनरत थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ असार २०८०, १९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दार्चुलामा करेन्ट लागेर एक महिला गम्भीर घाइते