चितवनको बिकासका लागी मेरो उमेद्वारी : प्रचन्ड

आइतबार, १९ कार्तिक २०७४, १० : ४१
चितवनको बिकासका लागी मेरो उमेद्वारी : प्रचन्ड


चनौली ,चितवन/माओवादी केन्द्रका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र न ३ का उमेद्वार पुस्पकमल दाहाल प्रचन्डले चितवनको बिकास, समबृद्दी र देशकै नेत्रित्वगर्ने लक्षकासाथ आफ्नो उमेद्वारी रहेको बताउनुभयको छ।आइतवार क्षेत्र न ३ अन्तरगत पस्चिम चितवनको चनौली बजारमा बाम गठबन्धन चितवनको संयूक्त निर्वाचन परिचालन कार्यालयको उद्धाटन गर्दै सो कुरा बताउनुभयको हो ।
कार्यक्रमलाइ सम्बोधनगर्दै चितवनका चेतनसिल जनसमुदायले परिबर्तनको पक्षमा सधै नेत्रित्वदायी भूमिका खेलेको स्मरणगर्दै मंसिर २१गते हुने निर्वाचनमा बिकास र परिबर्तनको पक्षमा मतदान गर्न आग्रह गर्नुभयो ।अध्यक्ष प्रचन्डले स्थिर सरकार मार्फत राष्ट्रको बिकासकालागी बाम गठबन्धनले चुनाब जित्नैपर्ने बताउदै चितवको सर्बाडंगिण बिकासकालागी योजनाबद्द रूपमा लागीपर्ने प्रतिबद्दता ब्याक्त गर्नुभयो ।
कार्यक्रममा सनिवार राप्रपा राष्ट्रवादी परित्यागगरी माओवादी केन्द्रमा प्रबेस गर्नुभयका नेता बद्री तिमिल्स्नाले चितवनबासिको बिकासको चाहना पुस्पकमल दाहाल प्रचन्डले मात्र पुरागर्न सक्ने बताउदै प्रचन्डका लागी चितवन आवस्यकनभइ तितवनकालागी प्रचन्ड आवस्यक भयको बताउनुभयो ।नेता तिमिल्सेनाले प्रचन्डका प्रत्यासी बिक्रम पान्डे बिकास प्रेमी हुनै नसक्ने बताउदै ठेकेदारले जनताको सेवाहोइन सोसण मात्र गर्ने बताउनुभयो ।
कार्यक्रमा नेकपा एमालेकानेता देबी ज्ञवालिले अहिलेको आवस्यकता बामपन्थीहरूको बृहद एकताको भयको बताउदै यो निर्वाचन मार्फत बामपन्थी एकताको सुरूवात भएको बताउनुभयो ।अध्यक्ष प्रचन्डको जित सुनिस्चित भैसकेको बताउदै चितवन जिल्ला लालकिल्ला बनाउने अभियानमा लाग्न जनसमुदायलाइ आग्रह गर्नुभयो ।
कार्यक्रमा प्रदेसका उमेद्वारहरू कृष्ण भूरेतेल ,रामलाल महतो लगायतका बक्ताहरूले बामगठबन्दनका उमेद्वारहरूलाइ मतदान गर्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस