काठमाडौँ । एसिसी महिला टी-२० इमर्जिङ टिम्स एसिया कपअन्तर्गतको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ।
सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको नेपालको अन्तिम खेल वर्षाले प्रभावित बनेपछि प्रतियोगिताबाट बाहिरिएको हो।
घरेलु टोली हङकङलाई पराजित गरेको खण्डमा नेपालको सेमिफाइनल सम्भावना कायम रहन्थ्यो तर हङकङ र नेपाल बाहिरिएसँगै पाकिस्तान ‘ए’ र भारत ‘ए’ सेमिफाइनल प्रवेश गरेका छन्।
हङकङको मङकङको खेल मैदानमा बिहान ६:४५ बाट सुरु हुनु पर्ने खेल टस समेत हुन नसकी रद्द भयो।
प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो। बिहीबार भारत ए सँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो।
थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको मौका पाएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ असार २०८०, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित
खेल राष्ट्र, स्वास्थ्य र प्रतिष्ठाका लागि महत्त्वपूर्ण छ : सभामुख घिमिरे
बायर्न र डाइनामोबीचको खेलमा गोलको वर्षा, यस्ताे छ ६ खेलको नतिजा
खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती
नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो खेल आज
नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकियो