काठमाडौ। रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ मंगलबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार मंगलबार अपरान्ह ४ बजे आफ्नै कार्यालय कमलादी काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ ।
मागभन्दा १४.८९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ । यसमा ११ लाख ६५ हजार ५२६ जनाले कुल १ करोड २७ लाख ६१ हजार ४८० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६४ हजार ३६६ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी ११ लाख १ हजार १६० जनाको भने हात खाली हुनेछ ।
कम्पनीले जेठ १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणको लागि ६ लाख ४३ हजार ६६७ कित्ता सेयर निष्कासन गरेको थियो । यो आइपीओमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले रावाको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० जेठ २०८०, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई कम्पनीको आईपीओ आउँदै
रिलायन्स स्पिनिङको आईपीओ असार २७ देखि खुल्ने
वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट
शुक्रबार बाँडफाँट हुँदै सर्वोत्तमको आइपिओ
सर्वोत्तम सिमेन्टको आईपीओ बिक्री खुला