अम्बाको पात खाँदा यत्रो फाइदा ! फलभन्दा बढि उपयोगी

सफल खबर संवाददाता

मंगलबार, १५ साउन २०७५, १५ : २२
अम्बाको पात खाँदा यत्रो फाइदा ! फलभन्दा बढि उपयोगी

चितवन ।  हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ ।

आज हामी अम्बाको पातको बारेमा चर्चा गर्नेछौँ । नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । अम्बाको पात एन्टीअक्सिडेन्ट, एन्टीब्याक्टेरियल जस्ता गुुणले भरिएको हुन्छ । छाला, कपाल र स्वास्थ्यको लागि अम्बाको पातको प्रयोग निकै लाभदायक हुन्छ ।

 अम्बाको पातबाट पाइने फाइदाहरु :

-अम्बाको पातको रस निकालेर खानाले शरीरको तौल कम गर्न सकिन्छ ।

-मधुमेहका रोगीले अम्बाको पात सेवन गर्नु निकै लाभदायक हुन्छ ।

-अम्बाको पातको रस पिउने गर्नाले उच्च रक्तचाप कम हुन्छ ।

-पखाला लाग्दा अम्बाको पात खायौँ भने पखाला रोकिन्छ ।

-पाचन तन्त्रको तन्दुरुस्त राख्नको लागि अम्बाको पात लाभदायक मानिन्छ ।

-अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ ।

-यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।

-तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ ।

-अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ ।

-अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा पुर्या्उँछ । यसले कपालको विकासमा सहयोग पुर्या्उँछ । यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनि अम्बाको पात उपयोगी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस