काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा थुनछेक बहस जारी रहेको छ । शुक्रबारको बहसमा वरिष्ठ अधिवक्ता सुशील पन्तले कानुनको अज्ञानता कसैलाई पनि क्षम्य नहुने बताए ।
उनले यो प्रकरणमा गजेन्द्र बुढाथोकीलाई नै प्रतिवादी बनाएर मुद्दा सुरु गर्नुपर्ने जिकिर गरे । शरणार्थी बनाएर विदेश जाने कुरा गैरकानुनी हो भन्नेमा विवाद नरहेको उल्लेख गर्दै शर्माले निहित राज्य सञ्चालकको स्वार्थ हुने उल्लेख गरे । ‘निहित राजनीतिक खेलाडीहरूले टोपबहादुर रायमाझी पक्राउ परेपछि पनि जाहेरी हालेर बदनियत राखेको देखिन्छ’, उनले इजलासमा भने ।
प्रेमराज पन्थीविरुद्ध गौशाला प्रहरीमा टेकनाथ रिजालले उजुरी दिएको भएपनि प्रहरीले चासो नदिएको उनको जिकिर छ । तर, पक्राउ परेपछिको जाहेरीमा टोपबहादुरका मुद्दा कसरी अघि भन्दै उनले प्रश्न गरे । प्रहरी मुद्दा चलाउनमात्रै उद्धत रहेको भन्दै उनले प्रहरीले पब्लिसिटीको लागि प्रहरी काम गरेको तर क्राइम कट्रोलमा ध्यान नदिएको उल्लेख गरे । उनले त्यसो हैन भने पन्थीको मुद्दा किन अघि बढेन भन्ने उनको प्रश्न थियो ।
सन्देश शर्माको बयानअनुसार गजेन्द्र बुढाथोकरी र रामकुमार रेग्मीलाई प्रतिवादी बनाइनु पर्ने उनले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा राख्ने उच्चको आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा