काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल थालेको छ । सरकारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय गरेपछि आयोगले सर्वदलीय बैठक बोलाएको हो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान साढे ११ बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाएको हो । सरकारले आर्थिक वर्ष २०८०/०८१ बाट ७७ वटै जिल्ला निर्वाचन आयोग खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णय गरेको छ ।
यसअघि आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारी निर्णयका सम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर निर्णय फिर्ता लिन ध्यानाकर्षण गराइसकेको छ ।
बुधबार संसद बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले निर्वाचन कार्यालय हटाउने सरकारको निर्णयबारे प्रश्न उठाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा विभाजनको निर्णय यथास्थितिमा राख्न निर्वाचन आयोगलाई सर्वोच्चको आदेश
निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणाम
उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी चलाउन पाइने
आज मध्यरातिबाट मौन अवधि सुरु, यी कार्य गर्न निषेध
उपनिर्वाचनमा मतदान गर्न के के प्रमाणपत्र चाहिन्छ ?
निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने