काठमाडौ । देशका अधिकांश स्थानमा जारी गर्मी अझै केही दिन नघट्ने देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार कम्तीमा ३ दिन खासै ठूलो वर्षाको सम्भावना देखिएको छैन। बादल नलाग्दा र वर्षा नहुँदा दिनभर घाम लाग्ने भएकाले तापक्रम घट्न पाउँदैन।
मौसम महाशाखाले आफ्नो स्टेसन राखेका ६ स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ। महाशाखाको विवरणअनुसार बिहीबार सबैभन्दा बढी तापक्रम बारा जिल्लाको सिमरामा ४२.६ डिग्री सेल्सियस पुगेको छ।
यसपछि क्रमशः भैरहवा र जनकपुरमा समान ४२.४, नेपालगन्जमा ४१.८, विराटनगरमा ४१.५ र धनगढीमा ४०.५ डिग्री सेल्सियस छ। बिहीबार काठमाडौं उपत्यकाको अधिकत तापक्रमसमेत ३२.८ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणमा उल्लेख छ। आज बिहान पौने ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमसमेत २० डिग्रीमा उक्लिएको छ।
‘अझै एक/दुई दिन तापक्रम घट्ने देखिन्न’, मौसमविद् लामिछानेले भने, ‘किनभने अहिलेसम्मको अनुमानमा यसबीच ठूलो वर्षाको खासै सम्भावना देखिएको छैन।’
पहाडी भेगका केही स्थानमा मौसम बदली र हल्का वर्षाको सम्भावना रहे पनि तराई क्षेत्रमा भने पानी पर्ने कुनै सम्भावना नदेखिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपत्यकासहित देशभर तापक्रम बढ्यो
तराईमा तापक्रम बढ्दै, वीरगञ्जका विद्यालय थप तीन दिन बन्द
नेपालगन्ज र धनगढीको तापक्रम ४४ डिग्रीभन्दा बढी
भारतमा ५० डिग्री सेल्सियसमाथि पुग्यो तापक्रम
मनसुन सक्रिय हुनुपूर्व निरन्तर बढ्यो गर्मी, तराई क्षेत्रको अधिकतम तापक्रम ४० डिग्रीमाथि