काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले परिस्थिति बनेमा आफूहरु सरकारमा सहभागी हुने बताएका छन् ।बिहीबार अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै राउतले पछिल्लो समय प्रधानमन्त्रीसँग सरकारमा सहभागिताका विषयमा कुराकानी हुन नपाएको बताए । यद्यपि परिस्थिति बनेमा र मन्त्रालय खाली भएमा सरकारमा सहभागी हुने ढोका खुल्ने बताएका हुन्।
‘प्रधानमन्त्रीको भारत भ्रम्ण र बजेटका कारण कुरा हुन पाएको छैन’ उनले भने, ‘परिस्थिति बन्यो भने र (मन्त्रालय) खाली भयो भने त्यस कुराको ढोका खुल्छ ।’१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीका अब्दुल खाँलाई खानेपानी मन्त्री बनाएका थिए । तर रोजेको मन्त्रालय नपाएको भन्दै राजीनामा दिएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्डले पुन जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । त्यसका लागि माओवादी केन्द्रकै एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने प्रचण्डको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ जेठ २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दलीय तानाशाही चाहिँदैन : सीके राउत
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत
सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत