यस्तो छ ‘परस्त्री’ हिन्दी गीत ‘होना था जो होने लगा’

सफल खबर संवाददाता

मंगलबार, २३ जेठ २०८०, १६ : २९
यस्तो छ ‘परस्त्री’ हिन्दी गीत ‘होना था जो होने लगा’

काठमाडौँ । १५ असारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘परस्त्री’को हिन्दी डब गीत रिलिज गरिएको छ । ‘होना था जो होने लगा’ गीत बिफोरयु म्युजिकबाट सार्वजनिक गरिएको हो । हिन्दी गीतमा अमित मिश्र र सोनल प्रधानले स्वर दिएका छन् ।

केके ब्रोदर्सले संगीत दिएको गीतको हिन्दी शब्द विनित त्रिपाठीले गरेका हुन् । गीतमा फिल्मका मुख्य कलाकार शिल्पा मास्के र गौरव बिष्ट देखिएका छन् । गीतमा वाइल्ड रिपर्जको कोरियोग्राफी छ । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको फिल्म सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

शिल्पा र गौरवका अलावा फिल्ममा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्म शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माण गरेका हुन् । फिल्मको हाल भारतको मुम्बईमा प्राविधिक काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस