चीन र अमेरिकाबीचको टकराव विश्वकै लागि असह्य हुने चिनियाँ रक्षामन्त्रीको भनाई

एजेन्सी

आइतबार, २१ जेठ २०८०, ११ : २५
चीन र अमेरिकाबीचको टकराव विश्वकै लागि असह्य हुने चिनियाँ रक्षामन्त्रीको भनाई

एजेन्सी । चिनियाँ रक्षामन्त्री लि साङफुले चीन र अमेरिकाबीचको टकराव सिंगो विश्वका लागि पीडादायी हुने बताएका छन । एशियाका वरिष्ठ सुरक्षाविद्हरु संलग्न साङ्ग्रीला संवादमा बोल्दै रक्षामन्त्री लि ले चीन–अमेरिकाबीच हुने कुनै पनि टकरावले विश्वमै असह्य पीडा र आपत निम्त्याउने बताए ।

चीन र अमेरिका विल्कुल फरक प्रणाली अँगालेका देश हुन र धेरै विषयमा फरक छन् भन्दै उनले यसकै कारण साझा विन्दु र सहयोगका क्षेत्रबाट यी दुई देशलाई अलग राख्नु हुदैन भने। एशियामा नाटो जस्तै सैन्य संगठन बनाउने चेष्टा नगर्न अमेरिकीलाई चेतावनी दिंदै उनले त्यसले एशियालाई द्वन्दको दलदलमा फसाउने ठोकुवा पनि गरे ।

ताइवान, साउथ चाइना सी र हालै अमेरिकाले चिनियाँ चिप्समा लगाएको प्रतिबन्धलगायतका थुप्रै विषयमा चर्को मतभेद रहेको छ । जसका कारण बेला बेलामा यी दुई देशबीच तनाव उत्पन्न हुदै आएको छ । तर, प्रत्यक्ष टकराव भने अहिलेसम्म भएको छैन ।

प्रतिक्रिया दिनुहोस