काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत आज तीन जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आज अभियुक्तहरू टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान लिइएको हो। पूर्वगृहमन्त्री बालकृष्ण खाँण र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान भोलि शुक्रबार हुने भएको छ।
जिल्ला अदालतका प्रवक्ता दीपक दाहालले दिएको जानकारी अनुसार नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको अभियोग लागेका खाँण र रिजालको बयान भोलि लिइने छ ।
बयान दिएका सबैले जिल्ला अदालतमा न्यायधीशसामु इन्कारी बयान दिएको स्रोतले बताएको छ। भोलि खाँण र रिजालको बयान सकाएर थुनछेक बहस सुरू हुनसक्ने अदालत प्रशासनले जनाएको छ।
यो सँगै बयान लिइनेको संख्या १५ जना पुगेको छ। मुद्दा चलाइएका ३० मध्ये १३ जना अझै फरारको सूचीमा छन् । उनीहरूको खोजी भइरहेको दाबी प्रहरीले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा राख्ने उच्चको आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ जारी