मुगु । नेपाल सरकारका अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार करिब ३ घण्टा लामो समय खर्चिएर सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुगु जिल्लालाई गतिलोसँग छुन सकेन । सरकारले आर्थिक वर्ष २०८०र०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दा मुगुको विकास र समृद्धि तथा यस क्षेत्रको स्वास्थ्य, शिक्षा, गरिबी निवारणलगायतका क्षेत्रमा तोकेर बजेट विनियोजन नहुँदा मुगुवासीमा खुसीको सञ्चार गराउन सकेन ।
मुगुको सडक, पर्यटकियस्थल, धार्मिकस्थल होस या ग्रामीण सडक, पर्यटकीय मार्गका लागि तोकेर बजेट विनियोजन नगरिएको स्थानीयको आरोप छ । कर्णाली प्रदेशको मुख्य पर्यटकीय स्थल रारा र धार्मिक पर्यटकीय स्थल प्रशिद्ध धाम छायाँनाथ पर्यटकी पथ मार्गको विकास लागि निजी क्षेत्रलाई अनुरोध गर्ने भनिए पनि कुन निकायलाई भनिने कुनै निश्चित गरिएको छैन । यसले मुगुलाई राज्यले सधै उपेक्षित गरेको यहाँका स्थानीयको बुझाइ छ ।
बजेटमा रारा खप्तड पर्यटकीय पथमार्ग, मगगढी नाक्चे लाग्ना सडक खण्ड र गोठिज्युला कालाकाडा खत्याड सडकलगायत नाम कतै सुनिएन । मुगुका कुनै गौरवका योजना कहिले नसमेटिनु तथा मुगु राज्यको नजरमा पर्न नसक्नु र विकासमा सधै उपेक्षामा पर्नु दुखद् कुरा भएको नागरिक समाज मुगुका अध्यक्ष रुपबहादुर मल्लले बताए ।
चीनको नाकासँग जोडिने गमगढी नाक्चे लाग्ना सडक होस् वा संसारमा परिचित पर्यटकीय स्थल रारा र छायाँनाथ धाम जस्ता धार्मिक स्थलको लागि आवश्यक बजेट सरकारले ल्याउन नसक्नु मुगु र मुगाली जनतालाई उपेक्षा गरिएको अध्यक्ष मल्लले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु
भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै
मुगुको सोरुमा भाइरल ज्वरोको प्रकोप : एउटै वडाका ३ जनाको मृत्यु, पालिकाभर बिरामी