संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, १६ जेठ २०८०, ०८ : १६
संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

काठमाडौँ । संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक मंगलबार बस्दैछ।

बैठक आज बिहान ८ बजे सिंहदरबारमा बस्न लागेको हो।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले संसदीय सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको थियाे।

समितिमा कांग्रेसबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, नेकपा एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी जीएम माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी छन्।

राष्ट्रियसभाबाट नेपाली कांग्रेसका रमेशजङ्ग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा पहिला नै मनोनित भइसकेका थिए।

संसदीय सुनुवाइ समितिमा रहने सांसदहरूको नामावलीमाथि आइतबारको बैठकले बहुमतले सहमति जनाएको हो। १५ सदस्यीय सुनुवाइ समितिले सोही दिन पूर्णता पाएको हो।

आजकाे बैठकमा सभामुख र राष्ट्रियसभा अध्यक्षको समेत सम्बोधन रहने बताइएको छ।

प्रतिक्रिया दिनुहोस