मलमा ३० अर्ब अनुदान

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १७ : २४
मलमा ३० अर्ब अनुदान

काठमाडौं। सरकारले समयमा नै मल उपलब्ध गराउन ३० अर्ब रूपैयाँ अनुदान दिएको छ ।आगामी आर्थिक वर्षमा समयमा नै मल उपलब्ध गराउनका लागि ३० अर्ब रूपैयाँ अनुदानको व्यवस्था गरिएको हो ।

 

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले समयमा नै मल नआउने समस्यालाई समाधान गर्न अनुदानको घोषणा गरिएको जानकारी दिए ।