टीकापुर । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् । सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सबै स्थानीय तहलाई परिपत्र गरेर स्थानीयस्तरमा रहेका एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिएको छ । सुदूरपश्चिममा एक सय ७६ एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये एक सय २५ एम्बुलेन्समा जिपिएस जडान गरिएको छ ।
एम्बुलेन्सलाई व्यवस्थित गर्न एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका, २०७३ सञ्चालनमा ल्याएपछि देशैभरिका एम्बलेन्सलाई एउटै नेटवर्कमा समेट्न खोजिएको छ । एम्बुलेन्सलाई व्यवस्थित गर्न जिपिएस प्रणाली जडान गरिने व्यवस्थाअनुसार दर्ता भइरहेका छन् ।
प्रादेशिक एम्बुलेन्स केन्द्रका स्रोतव्यक्ति उत्तम उपाध्याय आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्ने राज्यको दायित्व पूरा गर्न देशभरका एम्बुलेन्सलाई एउटै ट्र्याकबाट सञ्चालन गर्न जिपिएस प्रणालीमा ल्याउने प्रक्रिया अगाडि बढाइएको बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १४ जेठ २०८०, १५ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
एम्बुलेन्सको स्तरोन्नति गर्न प्रदेश सरकारको परिपत्र
धादिङमा सञ्चालित अधिकांश एम्बुलेन्स मापदण्ड विपरीत
९० प्रतिशत एम्बुलेन्स नवीकरण हुन सकेनन्
सुनसरीबाट गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा