काठमाडाैं । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई र झपामा १७ वर्षीया किशाेरीलाई बलात्कार गरेकाे आराेपमा दुईजनालाई पक्राउ गरिएकाे छ । बर्दियामा ७० वर्षीया वृद्धा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-४ मधुवन गाउँ बस्ने ६० वर्षीय मंगाराम थारुलाई प्रहरीले पक्राउ गरेको हाे ।
थारुले ती महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापामा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-११ स्टाप चोक बस्ने २७ वर्षीय विवेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । विवेकले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनगढीमा विद्यालयबाट फर्किंदै गरेकी किशोरी बलात्कृत
छाउगोठमा बसेकी १६ वर्षिया किशोरी बलात्कृत, एक जना पक्राउ
६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत