हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याजविरुद्ध ६० वटा उजुरी परेको छ ।
नेपाल सरकारले वैशाख १६ गतेदेखि मिटरब्याजविरुद्ध उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मिटरब्याज पीडितले उक्त सङ्ख्यामा उजुरी दिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मकवानपुर जिल्लाअन्तर्गत हेटौँडा उपमहानगरपालिका पीडितबाट २६, मकवानपुरगढी गाउँपालिकाका पीडितबाट ६, भीमफेदीका पीडितबाट १२, कैलाश गाउँपालिकाका पीडितबाट तीन, इन्द्रसरोवर गाउँपालिकाका पीडितबाट ३ एवं मकवानपुर जिल्लासँग सम्बन्धित रहेको मुद्दा काठमाडौँका २ र ललितपुरका एक जनाको उजुरी परेको छ ।
मिटरब्याजको धन्दा सञ्चालन गर्ने समूहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको उनले जानकारी दिए ।
उजुरी दर्ता गर्ने समय आजसम्म रहेको र दर्ता अवधि सकेपछि दुवै पक्षलाई बोलाएर छलफल सुरु गरिने सो कार्यालयको मुद्दा दर्ता शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ जेठ २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मिटरब्याजीको रु ११ करोड १५ लाख बढीको मिलापत्र गराइयो