काठमाडाैं। न्युजिल्याण्डमाथि शानदार जीत दर्ता गर्दै अर्जेन्टिना फिफा यु- २० विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । आफ्नै देशमा आयोजित प्रतियोगितामा अर्जेन्टिनाले शनिवार न्युजिल्याण्डमाथि ५–० गोलको सहज जीत हात पारेको हो ।६ पटकको विजेतलाई अर्जेन्टिनालाई सहज जीत दिलाउने क्रममा ५ जना फरकफरक खेलाडीले गोल गरे ।
इग्नासियो मास्टेरो पुचले १४, गिनो इन्फाटिनोले १७, लुका रोमेरेले ३५, ब्रायन अगुइरेले ५० र अलेजो भेलिजले ८६ औं मिनेटमा अर्जेन्टिनाका लागि गोल गरेका हुन् । ३५ औं १८ वर्षीया लुका रोमेरोले मध्य भागबाट बल अगाडि बढाउँदै लियोनेल मेसीकै शैलीमा शानदार गोल गरेका थिए । एकपक्षीय खेलमा न्युजिल्याण्डले एउटा पनि पोस्ट चार्ज गर्न सकेन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ जेठ २०८०, १४ : ५३
लेखकबाट थप