काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर ठगी गरिएको प्रकरणकी फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकी छिन्।
महर्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले जानकारी दिए। योसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। यसअघि १६ जनालाई पक्राउ गर्दै बाँकी १४ जनालाई फरार प्रतिवादी नबाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।
लक्ष्मीको खातामा ठगीको रकम जम्मा गरेको भेटिएपछि प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको थियो। पक्राउ परेका अभियुक्तहरुको शुक्रबारबाट बयान सुरु गरिएको छ। केशव दुलाल र सागर राईको बयान शुक्रबार नै सकाउने तयारी अदालतले गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ जेठ २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली भुटानी शरणार्थी प्रकरण: बेचन झाको मुद्दा सुवेदी र निरौलाको इजलासमा
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा राख्ने उच्चको आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ जारी