काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
यो प्रकरणमा एमाले नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा संघले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप लगाएको छ।
आज उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आठ बुँदे माग पत्र बुझाउँदै युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणलाई राजनीतिक रंग नदिन माग गरेको छ । अनुसन्धानको क्रममा पक्राउ परेका आरोपीले नाम लिएका सबैलाई र गोपनीयता भंग गर्नेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने उसको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ जेठ २०८०, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा राख्ने उच्चको आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा