कञ्चनपुर।कञ्चनपुरमा हावाहुरीले जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा दुई मजदुर घाइते भएका छन् । मंगलवार राति भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको जस्तापाताले छाएको अस्थायी टहरा हावाहुरीले भत्किँदा टहरामा आश्रय लिइरहेका बर्दिया घर भएका गणेश चौधरी र हेलो चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
'बजार क्षेत्रमा काम गरिरहेको लामा निर्माण सेवाका मजदुर घाइते भएका हुन्,' जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले भने, 'गम्भीर घाइते गणेशलाई उपचारका लागि कैलालीको धनगढी लगिएको छ ।'
गए रातिको हावाहुरीबाट कञ्चनपुरका अधिकांश ठाउँमा कच्ची टहरा र स्कुलका छाना भत्काएको छ । 'मानवीय क्षति भएको छैन, संरचना भत्काएको विवरण सङ्कलन भइरहेको छ,' उनले भने, 'कतिपय स्थानमा बिजुलीका पोल ढल्दा विद्युत् सेवा अवरुद्ध छ ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ११ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलाली र कञ्चनपुरको साढे ५ हजार हेक्टर जग्गामा बाह्रै महिना सिँचाइ सुविधा