काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको आफू जस्तो प्रधानमन्त्री सितिमिति नभेटिने बताएका छन् । राष्ट्रियसभामा बोल्दै प्रचण्डले नीति तथा कार्यक्रममा सत्तापक्ष र प्रतिपक्ष भनिएका सबैका एजेण्डा समेटिएको बताए ।
‘नीति तथा कार्यक्रममा सबैका बुद्धि विवेक प्रयोग भएका छन् । हिजो सत्तापक्ष र प्रतिपक्षमा रहेकाको विचार, धारणा, सैद्धान्तिक प्रतिबद्धतताहरु र साझा न्यूनतम कार्यक्रमहरु समेटिएका छन् । यो मौलिक विशेषतालाई हामी सबैले ध्यान दिन जरुरी छ’ प्रचण्डले भने, ‘अघिल्लो पटक सत्तापक्ष र प्रतिपक्ष दुबैले समर्थन गरेको प्रधानमन्त्री हुँ । यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन । नेपालको सन्दर्भवमा मौलिक छ ।’
आफूले पहिलो पटक विश्वासको मत लिँदा ९९ प्रतिशत सांसदको समर्थन पाएको प्रचण्डले बताए । यद्यपि दोस्रा पटक विश्वासको मत लिँदा भने एमाले र राप्रपालगायत दलले विश्वासको मत दिएका थिएनन् । ‘मैले विश्वासको मत लिँदा ९९ प्रतिशत समर्थन गरेको अर्थात शतप्रतिशत प्रतिनिधि सभाका सदस्यले समर्थन गरेर बनेको प्रधानमन्त्री हुँ । हिजो हिजोका सत्तापक्ष प्रतिपक्ष दुबैबाट समर्थन पाएको थिए ।
अहिले त्यहाँ नीति तथा कार्यक्रमलाई निरन्तरता दिने प्रधानमन्त्री म नै हुँ’ प्रचण्डले भने, ‘प्रधानमन्त्रीको रूपमा संसदमा धारणा राख्दा अहिलेका प्रतिपक्ष दलका नेताले हिस्टोलिकल इक्सलेन्ट भनेर उठेर हात मिलाउनु भयो । तपाईँहरू सायद देख्नु भयो होला अहिले खोज्यो भने भेटिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ जेठ २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
समाजलाई अराजकता र निरंकुशतातिर फर्काउने कसरत भइरहेको छ : अध्यक्ष दाहाल
प्रचण्डसहितका नेताहरूले नक्खु र हनुमन्ते क्षेत्रको अवलोकन गर्ने
बागलुङ दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
संवैधानिक निकाय लामो समय रिक्त नराख्न प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव
भानु जयन्तीमा प्रचण्डको शुभकामना: साहित्यलाई सामाजिक रूपान्तरणमा समर्पित गरौँ