मधेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी

सफल खबर संवाददाता

मंगलबार, ०९ जेठ २०८०, १० : ४३
मधेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी

जनकपुरधाम । मधेश प्रदेश सरकारमा एकीकृत समाजवादी पनि सहभागी भएको छ ।समाजवादीले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।

उनको मन्त्रालयको भने टुंगो लागिसकेको छैन ।लोकतान्त्रिक समाजवादी पार्टी भने अझै सरकारमा सहभागी भएको छैन । लोसपा दुई मन्त्रालयको अडानमा छ ।नेपाली कांग्रेस भने आजै दुई मन्त्रालयसहित सरकारमा सहभागी भइसकेको छ ।