काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परी हाल हिरासतमा रहेकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी गरिएको छ । सोमबार काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजायको मागदावी गरिएको छ ।
यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जना फरार छन् । पक्राउ पर्ने भीआईतीतर्फ पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डेल, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १६ जना रहेका छन् ।
प्रहरीले बाँकी ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बेचन झालाई थुनामा पठाउन जिल्ला अदालतको आदेश
बेचन झाविरुद्धको मुद्दामा आज थुनछेक बहस
टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
टोपबहादुर रायमाझीसहितको मुद्दामा आज पनि सुनुवाई हुँदै
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा राख्ने उच्चको आदेशविरुद्ध पुनरावेदनमा सुनुवाइ जारी
नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुरसहित १० जनाको मुद्दा स्थगितको सूचीमा