काठमाडौं । जनमत पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको काम सन्तोषजनक रहे/नरहेको बारे जनमत संग्रह गर्ने भएको छ ।अध्यक्ष सीके राउतले जनप्रतिनिधिको काम सन्तोजनक नरहे फिर्ता बोलाउने पार्टीको नीति रहेको जानकारी गराउँदै आगामी ६ गते जनमत संग्रह गर्न लागिएको जानकारी दिएका हुन् ।
मतदानको व्यवस्था जनमत पार्टी निर्वाचित भएका सम्बन्धित स्थानीय तहले नै मिलाउने छन् ।‘तपाईंको जनप्रतिनिधिले जनमत पार्टीको अवधारणा अन्तर्गत जनताको लागि काम गरेको छ कि छैन ?’ भन्ने प्रश्नमा मतदान हुने अध्यक्ष राउतले बताएका छन् । भोटिङमा २०८० वैशाख ३० गतेसम्म सदस्यता लिएका सम्बन्धित वडा÷पालिकाको जनमत पार्टीका सदस्यहरुले भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ जेठ २०८०, ११ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई दलीय तानाशाही चाहिँदैन : सीके राउत
संसद् रङ्गमञ्च जस्तो भयो : सीके राउत
सीके राउत, हृदयेश त्रिपाठी र वृषेशचन्द्र लालबीच सहकार्य गर्ने सहमति
रास्वपासँग रवि लामिछानेलाई प्रधानमन्त्री बनाउनेबाहेक अरु उद्देश्य छैन : सीके राउत