नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छः मन्त्री ज्वाला

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, १२ : ०५
नीति तथा कार्यक्रमले जनतालाई सम्बोधन गरेको छः मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरु समावेश रहेको बताएका छन ।

समाजवादी प्रेस संगठन नेपाल,काठमाडौं जिल्ला शाखाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले नीति तथा कार्यक्रममा जनजिवीकाका सवाल सम्बोधन गर्ने कार्यक्रम समेटिएको भन्दै सरकार राष्ट्र र जनताप्रति समर्पित भएर काममा लागेको बताए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गर्दै मन्त्री ज्वालाले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे।

उनले पछिल्ला समस्यालाई समाधान गर्ने,अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवा सुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको जानकारी दिए ।

मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस