बाइसबुँदे सहमतिसँगै अनसन तोडे डाक्टर गोविन्द केसीले

विहीबार, १० साउन २०७५, २२ : ४७
बाइसबुँदे सहमतिसँगै अनसन तोडे डाक्टर गोविन्द केसीले

काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच २२ बुँदे सहमति भएसँगै २७ दिनदेखि आमरण अनसनमा रहेका उनले बिहिबार राती अनसन तोडेका छन् । 
सहमति अनुसार  १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै  चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्ने लगायतका बुँदा रहेका छन् । अनसन तोडिएसँगै केसीलाई उपचारका लागि त्रिवि शिक्षण अस्तालको आइसीयुमा भर्ना गरिएको छ । सरकारी वार्ता टोली र केसी पक्षीय वार्ता टोलीबीच वार्ता भएकोमा त्यसबाट सहमति जुट्न नसकेपछि बिहिबार साँझ अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रम केपी शर्मा ओलीकै उपस्थितिमा भएको वार्ताले सहमति जुटाएको हो ।  

प्रतिक्रिया दिनुहोस