काठमाडौँ । स्वास्थ्यमन्त्री मोहन बस्नेतले सरकारले ल्याएको नीति तथा कार्यक्रम सर्वपक्षीय हिसाबले समेटेर आएको बताएका छन् । आज संसदमा राष्ट्रपतिबाट प्रस्तुत आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रमले आगामी बजेटलाई सन्देश दिएको बताए ।
उनले भने, ‘धेरै हदसम्म यसले राम्रो ट्रयाक पक्रिन्छ । अहिले कोभिड र युद्धको कारणले अर्थतन्त्र संकटमा पुगेको छ । यसले सबैतिर समेटेको छ ।’ नीति तथा कार्यक्रम सही ढंगले कार्यान्वयन भए आशा गर्ने ठाउँ रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले भने, ‘यसलाई सही ढंगले कार्यान्वयन गर्नपर्छ । यसबाट आशा गर्ने ठाउँ छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्यमन्त्री पौडेल र मालदिभ्सका स्वास्थ्यमन्त्री खलीलबीच भेट
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधान गर्छु : स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यमन्त्री प्रदीप पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका १४ बुँदे प्राथमिकता सार्वजनिक
स्वास्थ्यमन्त्री पौडेलले लिए विमान दुर्घटनाका मृत्तकको पोष्टमार्टमबारे जानकारी
स्वास्थ्यमन्त्री यादवको वीर अस्पतालमा छड्के
उपकरणको व्यवस्थापन गर्न नसक्दा सेवाग्राहीले गुनासो गर्न थाले : मन्त्री जोशी