काठमाडौँ । आइएमई पेले बिगमार्ट, चितवनसँग सम्झौता गरी एउटा अफर सार्वजनिक गरेको छ । ‘ह्यप्पी शपिङ याट् बिगमार्ट’ नामक सो अफरको पहिलो चरण अन्तर्गत ग्राहकवर्गलाई जेठ महिना भरी बिगमार्टमा कुनै पनि सामान खरिद गर्दा आइएमई पेको स्मार्ट क्युआर स्क्यान मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त हुनेछ ।
सो छुट अन्तर्गत ग्राहकवर्गले प्रत्येक कारोबारमा रु १०० सम्म छुट पाउन सक्ने छन् । सो छुट प्रत्येक ग्राहकले अफर अवधी भरी ५ पटक सम्म पाउने कम्पनीले जनाएको छ ।
अफरको दोश्रो चरण असार १ देखि साउन ३२ सम्म रहने छ। सो अवधीमा आइएमई पेले चितवन बिगमार्टमा राखिने एक्टिभेसन बुथमा आइएमई पेको खाता सुचारु गर्नका साथै ग्राहक वर्गलाई विभिन्न किसिमका गेमहरु खेलाइने छ र आकर्षक उपहारहरु पनि प्रदान गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ जेठ २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइएमई पे एपमा बैंक खाता लिंक गरी स्मार्ट फोन जित्ने मौका
बुढासुब्बा गोल्ड कपको टिकट आइएमई पेबाट काट्न सकिने
आइएमई पेमा डिजिटल बिमा फिचर
‘आइएमई पे’ कन्दरा साङ्गीतिक ब्यान्ड कन्सर्टको एकमात्र टिकेटिङ पार्टनर रूपमा रहने
आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता