एकल संक्रमणीय कि बहुमतीयः सिट बढाउने आ–आफ्नै दाउ

पत्रपत्रिकाबाट

बुधबार, ०५ पुस २०७४, ०६ : ५०
एकल संक्रमणीय कि बहुमतीयः सिट बढाउने आ–आफ्नै दाउ

राष्ट्रिय सभा सदस्य चयनका लागि कस्तो निर्वाचन प्रणाली अपनाउने भन्ने विवाद टुंगोमा नपुग्दा संघीय संसद्को माथिल्लो सदनको निर्वाचन मात्र होइन, प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा र नयाँ सरकार गठनका काम नै अवरुद्ध छन् ।

राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय वा बहुमतीय भन्नेमा विवाद चर्किए पनि यसको मूल चुरो निर्वाचन प्रणालीका गुण–दोष नभई त्यसबाट आउने परिणामको आकलन नै हो ।

बहुमतीय प्रणालीअनुसार निर्वाचन भए प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुई तिहाइकै हाराहारी सिट जितेको वामपन्थी गठबन्धन थप बलियो बन्नेछ भने एकल संक्रमणीय प्रणाली अपनाउँदा दोस्रो ठूलो दल कांग्रेसलाई ठूलो राहत मिल्ने देखिन्छ ।

सरकारले दुई महिनाअघि राष्ट्रपतिसमक्ष पेस गरेको अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय निर्वाचन प्रणाली लागू गराउन सके राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्ने सम्भावना रहेको कांग्रेसलाई त्यसअघि आफंैले संसद्मा लगेको विधेयकमा जस्तो बहुमतीय प्रणाली अपनाउँदा माथिल्लो सदनमा उपस्थिति जनाउनै हम्मे पर्छ ।यो खबर आजकोकान्तिपुरमा छ ।

एकल संक्रमणीय प्रणाली लागू भए राष्ट्रिय सभामा ९ देखि १४ सिट सुरक्षित गर्न सकिने कांग्रेसलाई लागेको छ भने बहुमतीय प्रणालीमा गए ती सिट पनि आफ्नै भागमा पर्ने वाम गठबन्धनको बुझाइ छ । विज्ञहरु भने जुनै प्रणाली स्वीकार गरिए पनि समानुपातिक–समावेशी प्रतिनिधित्वमा ताफ्विक फरक नपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस