काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त बैठकले २०७८ र २०७९ मा गएका भूकम्पबाट पूर्ण रूपमा घर क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा गरी ५० हजार अनुदान दिने निर्णय गरेको हो।
यसअवधिमा लमजुङ, खोटाङ, डोटी र बाजुरा केन्द्रविन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका ५ हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका सरकारी तथ्यांक रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग
एक वर्षदेखि टिनको टहरामा भूकम्पपीडित
भूकम्पपीडितका लागि थप ६६ करोड डलर खर्च गर्ने जापानी प्रधानमन्त्री किशिदाको घोषणा