ट्रान्सफर्मर पड्किँदा पर्वतमा छ जना घाइते

बुधबार, ०९ साउन २०७५, ०९ : ००
ट्रान्सफर्मर पड्किँदा पर्वतमा छ जना घाइते

पर्वत  । पर्वतको मोदी गाउँपालिका–५ बाजुङको खोलाखेतमा ट्रान्सफर्मर पड्किँदा छ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठका अनुसार घाइते हुनेमा स्थानीय ५२ वर्षीय यामबहादुर परियार, ५२ रुपा परियार, मनिषा परियार, पुतली परियार, ममता परियार, विमल परियार घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

घाइतेलाई जिल्ला अस्पतालमा उपचारका ल्याइएको भए पनि उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पताल पोखरा लगेर उपचार भइरहेको छ । ट्रान्सफर्मर पड्किएर देउपुरका पाँच घरमा समेत क्षति भएको छ । उक्त घटनापछि नेपाल विद्युत् प्राधिकरण र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको छ ।

ट्रान्सफर्मर पड्किएपछि उक्त क्षेत्रमा विद्युत् सेवासमेत अवरुद्ध भएको छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्नका लागि नयाँ ट्रान्सफर्मर परिवर्तन गर्न पहल भइरहेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।  (रासस)

प्रतिक्रिया दिनुहोस