काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रक्षा मन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक अघि सभापति देउवा र रक्षा मन्त्री खड्काले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा बस्दै छ । भुटानी शरणार्थी प्रकरणमा देखिएको पछिल्लो राजनीतिक अवस्थाका विषयमा प्रचण्डसँग देउवा र खड्काको छलफल गरेको बताइएको छ । तर, प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले सरकारले ल्याउने नीति तथा कार्यक्रमका विषयमा छलफल भएको बताए ।
प्रधानमन्त्रीले नीति तथा कार्यक्रमका विषयमा निरन्तर छलफल गरिरहेकाले देउवा र खड्कालाई समेत बोलाएर भेटेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसलाई पूर्ण बहुमत आउने गरी अभियान थाल्न पूर्वकर्मचारीलाई देउवाको निर्देशन
एमालेलाई देउवाको प्रश्न : मदन भण्डारीको हत्यारा पत्ता लगाउन काँग्रेसले रोक्या छ ?
प्रदेश प्रमुखले संविधान विपरीत काम गरिरहेको कांग्रेसको निष्कर्ष
कांग्रेस सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो : देउवा
एक ढिक्का भई अगाडि बढ्न सभापति देउवाको आग्रह
होलीले सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस् : देउवा