काठमाडौ । सर्लाहीमा एक भारतीय युवकको टाउको छिनाएको अवस्थामा शव फेला परेको छ।
बुधबार साँझ हरिपुर्वा नगरपालिका १ पथरा पुलभन्दा ५०० मिटर पुर्व मसलाको रूख भएको झाडिमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
शव भारतको बिहार राज्य जिल्ला सितामढी ग्रामपञ्चायत सोनबरसा- ९ बस्ने २८ वर्षीय शेखर सुमन उर्फ सिकुको रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईले जानकारी दिए।
युवकको शवभन्दा करिब २५ मिटरको दुरीमा फेला परेको प्रहरीले जनाएका छन्।
युवकको शव प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा रहेको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ बैशाख २०८०, ०९ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा पौडी खेल्दा बेपत्ता भएका बालकको शव फेला
डोटीमा पुरुषको शव फेला
सर्लाहीमा फेला पर्यो २० वर्षीय युवकको शव
ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
४ दिन हराइरहेका बालकको शव नारायणी नदीमा फेला
बझाङमा २५ वर्षीय पुरुषको शव फेला