भरतपुर महानगरपालिका वडा नम्बर ७ ले पारिवारिक तथ्याङ्क संकलन गर्ने

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १८ : ०७
भरतपुर महानगरपालिका  वडा नम्बर ७ ले पारिवारिक तथ्याङ्क संकलन गर्ने

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ७ ले वडाको पारिवारिक तथ्याङ्क संकलन गर्ने भएको छ ।
के आई नेपालको सहयोग र भरतपुर महानगरपालिका वडा न ७ को सहकार्यमा पारिवारिक तथ्याङ्क संकलन गर्न लागिएको आज एक कार्यक्रमका बिच जानकारी दिईएको छ ।

कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिकाकी मेयर एवंम कार्यक्रमकी प्रमुख अतिर्थी रेणु दाहालले सामाजिक उक्तरदायीत्व अन्र्तगत वडामा रहेका परिवारको तथ्याक लिने काम भएको बताउनु भयो ।  यसले अब वडामा रहेका परिवारको अवस्थाको बारेमा बुझन सकिने हुदा अन्य वडाको पनि पारिक तथ्याक लिने काम गरिने बताउनु भयो ।
त्यसैगरी कार्यक्रमममा वोल्दै मेयर दाहालले वडा नम्रब ७ मा रहेको क्यान्सर अस्पतालको जग्गामा सिटी हल बनाउने काम अगाडी बढेको भन्दै त्यसका लागि क्यान्सर बोर्डले स्वीकृति दिएको र प्रक्रिया अगाडी बढेको पनि सो अवसरमा बताउनु भएको छ । क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा बिकास गर्ने काम महानगरको योजना भित्र समेटिएको भन्दै वडा बासिको साथ र सहयोगका लागि आह्वान गर्नुभएको छ ।

त्यसैगरी के आई नेपाल चितवनकी संयोजक केमिका घिमिरेले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै मानव बेचविखन तथा लैडिक हिंसा मूक्त महानगरपालिकाको शुरुवात वडा न ७ वाट गर्न लागिएको भन्दै अहिले वडामा रहेका महिला तथा बालबालिका, स्थायी र अस्थायी बसोबास गर्ने व्यक्तिहरुको  तथ्याङ्क संकलन गर्न लागिएको बताउनु भयो ।
कार्यक्रम संयोजक घिमिरेले तथ्याङ्क संकलन पश्चात बालबालिकाको शिक्षा, महिलाहरुको रोजगारी, रोजगारीमुलक व्यवसायको अवस्था बुझन सकिने बताउनु भयो । तथ्याक लिएपछी महिलाहरुलाई स्वरोजगार बनाउने र बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन विभिन्न निकायसंग सहकार्य गरि अगाडी बढ्ने समेत बताउनु भएको छ ।
कार्यक्रमका सभापति एवंम वडा अध्यक्ष राजेन्द्रमणी काफ्लेले वडामा रहेको हरेक अवस्था थाहा पाउनका लागि पारिवारिक तथ्याङ्क संकलन गर्न लागिएको बताउनु भयो । वडाबासिको साथ र सहयोगले वडाका सवै योजनाहरु सफल भएको भन्दै अध्यक्ष काफ्लेले घर घरमा आउने स्वयमसेवीहरुलाई सही सुचना दिएर सहयोग गरिदन समेत आग्रह गर्नु भयो ।

नौ जना स्वयमसेविकाहरुले वडाको पारिवारिक विवरण लिने छन् । विवरणमा परिवारको अवस्था, शैक्षिक अवस्था, वैवाहिक अवस्था, मासिक आम्दानी, बैदेशीक रोजगारीमा जानेको अवस्था, जात धर्म, लिङ्क आदि  र आठ बटा प्रश्न समावेश गरिएको सो अवसरमा जानकारी दिईएको थियो ।

कार्यक्रममा वडा सदस्य सरिता सुवेदी पाठकले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा संगिता भट्राई वडा सदस्यहरु रिता दर्जी परियार, राजेन्द्र बहादुर तामाड त्यसैगरी नेपाल कम्युनिष्ट पाटीका पाटी प्रतिनीधि वेदप्रसाद वजगाई, नेपाली काग्रेसका काशीराम अधिकारी, राप्रपाका रामचन्द्र वस्ती, नयाँशक्ति पाटीका दिलबहादुर क्षेत्री नेकपाका प्रतिनीधि शिवप्रसाद भट्राई  लगाएतले बोल्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस