काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठलाई मातृशोक परेको छ । प्रवक्ता श्रेष्ठकी ८१ वर्षीया आमा दिलमाया श्रेष्ठको उपचारका क्रममा ललितपुरको अल्का अस्पतालमा मंगलबार निधन भएको हो ।
उनी मुटु, रक्तचाप र स्नायुसम्बन्धी समस्याबाट पीडित थिइन् । दिलमायाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । स्वर्गीय दिलमायाका एक छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ बैशाख २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपनिर्वाचनको नतिजाबारे राप्रपाले भन्यो-संकेत सकारात्मक भएनन्, रणनीतिमा समीक्षा गर्छौँ