गुल्मीमा सञ्चारकर्मी शर्मासहित दुई जनाको शव फेला

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०७५, १५ : ३२
गुल्मीमा सञ्चारकर्मी शर्मासहित दुई जनाको शव फेला

फाइल फोटो

गुल्मी । आज विहान गुल्मीका बेग्लाबेग्लै स्थानमा दुईजना पुरुषको शव फेला परेको छ । ईस्मा गाउँपालिका वडा नम्वर–१, हस्तीचौरको हर्पुकोट अर्सेनीका अन्दाजी ६५ वर्षीय लोकबहादुर महतराको शव गुर्वाको महतधारा भन्ने खोलामा फेला परेको त्यहाँका वडाध्यक्ष चुराबहादुर खत्रीले जानकारी दिए ।

हिजो साँझ घरबाट गुर्वातिर हिडेका उनी बाटोदेखि  तलको भिरको धार्नेको रुखको हाँगा समेत लाछिने गरी लडेर करिब ५० तल पानीमा डुवेको उनले बताए ।  यस सम्वन्धमा  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

त्यस्तै, गुल्मी जिल्लाका पुराना सञ्चारकर्मी कृष्ण शर्मा आज विहान वम्घामा झुण्डिएको अवस्थामा फेला परेका छन् । शर्मा रुरु गाउँपालिका वडा नम्वर ४, वम्घाको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

गुल्मीको रेडियो रेसुङ्गा, स्काई एफएम, वम्घाको  ऋषिकेश एफएम र त्यसअघि पाल्पाका विभिन्न रेडियोहरुमा काम गरेका गुल्मीकै मुसिकोट नगरपालिका वडा नम्वर–४ बडागाउँको हलोगाडे घर भएका ३६ वर्षीय शर्मा पछिल्लो चरण स्याङ्गजाको आँधीखोला एफएममा काम गर्दै आईरहेका थिए ।

घटनास्थलमा पुगेका रिडी ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भीमबहादुर कार्कीका अनुसार उनले लेखेको सुसाईट नोटले वम्घामा रहेको रेडियोमा काम गर्दा उनको स्थानीय एक युवतीसँग गहिरो माया प्रेम रहेको आशंका गरिएको छ ।

प्रतिक्रिया दिनुहोस