एजेन्सी । एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको छ ।
पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेको हो । भारतीय अनलाइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ ।
यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाह, जो एसीसीका अध्यक्ष समेत हुन्, ले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।
पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत र पाकिस्तानबीचको खेल युएईमा गर्न हाईब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।
एसिया कप आयोजना स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्न सक्ने इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २६ बैशाख २०८०, ०६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युएईविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल