काठमाडौ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूूल्य घट्दा नेपाल आयल निगमलाई राहत मिलेको छ ।
गत वर्ष रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य बढ्दा घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुुगेको निगमलाई पछिल्लो समय मूल्य घट्दा राहत मिलेको हो ।
गत असार साउनमा मूूल्य बढ्दै गएपछि निगम घाटामा गएर तेल खरिद गर्न जग्गा धितोमा राखेर राष्ट्रिय वाणिज्य बैङ्क र नेपाल सरकारबाट ऋण लिएको थियो ।
इन्डियन आयल कर्पाेरेसन (आइओसी) लाई तेल भुक्तानीसहित गरेर गत भदौ महिनासम्म निगमको ऋण ३१ अर्ब १३ करोड रुपियाँ पुुगेको पुुगेको थियो ।
गत असोज महिनादेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूूल्य घट्दै गएपछि निगमले हाल ऋण घटाएर १२ अर्ब रुपियाँमा झारेको छ ।
विश्व बजारमा इन्धनको मूल्य घट्दै गएको र सो अनुुपातमा स्थानीय बजारमा मूूल्य समायोजन नगर्दा नाफा बचत गरेर ऋण चुुक्ता गर्न सफल भएको निगमले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २५ बैशाख २०८०, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयल निगम करिब १० अर्ब नाफामा
नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या
आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै