काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने घटनाको अनुसन्धान गर्न उनलाई बुधबार दिउँसो काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो ।
अहिले उनलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको छ । बुधबार नै उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पक्राउ पुर्जी लिएको थियो । गृहमन्त्रालयबाट उनी गत वर्ष उपराष्ट्रपति कार्यालयमा सरुवा भएका थिए । यसअघि मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २० बैशाख २०८०, १४ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झा र निलम्बित सचिव पाण्डेको मुद्दा सुनुवाइ गर्दै सर्वोच्च
सचिव पाण्डेलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता